मैलुङ खोलाको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मैलुङ खोला जलविद्युत् कम्पनीले गत आर्थिक वर्ष २०७९र८० को मुनाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले साधरण सभा तथा लाभांश प्रयोजनका लागि भोलि (चैत १६ गते) बुकक्लोज मिति तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले प्रस्तावित लाभांश पाउने छन् ।

कम्पनीले गत वर्षको नाफाबाट २.२२ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.११ प्रतिशत नगद गरी कुल २.३३ प्रतिशत लाभांश घोषणा गरेको छ ।

उक्त लाभांश पारित गर्न कम्पनीले चैत २९ गते वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको सभा लैनचौर ब्याक्वेट, लैनचौर, काठमाडौँमा बिहान ११ बजे सुरु हुनेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।