बाँसबारी प्रकरण : सीआइबीको अनुसन्धान विनोद चौधरीतर्फ किन सोझियो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाली कांग्रेसका सांसद विनोद चौधरीमाथि अनुसन्धान गरिरहेको जानकारी गराएको छ । सीआइबीले सभामुखलाई पत्र लेखी यस्तो जानकारी दिएको हो ।

सीआईबीले सभामुख देवराज घिमिरेलाई सम्बोधन गरिएको पत्रमा भनिएको छ, ‘बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको नाममा दर्ता कायम रहेको कामपा–३ स्थित १०–०–०–० (दस रोपनी) जग्गा गैरकानुनी तवरबाट च्याम्पियन फुटवेयर लिमिटेडको नाममा स्वामित्व हस्तान्तरण गरेको सरकारी जग्गा कीर्ते गरी ठगी गरेको मुद्दामा च्याम्पियन फुटवेयर लिमिटेडका संस्थापक शेयर धनी तथा तत्कालीन सञ्चालक समितिका सदस्य संघीय संसदका माननीय सदस्य श्री विनोदकुमार चौधरीका सम्बन्धमा यस ब्यूरोबाट अनुसन्धान भइरहेको व्यहोरा जानकारीका लागि सादर अनुरोध गरिएको छ ।’

संविधानमा संसद अधिवेशन चलिरहेका बेला फौजदारी कसूरमा सांसदलाई पक्राउ गरेमा सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तत्काल जानकारी गराउनुपर्ने व्यवस्था छ । तर अनुसन्धान भइरहेको विषयमा जानकारी गराउनुपर्ने संवैधानिक र कानुनी व्यवस्था छैन । उता, चौधरीका भाई बसन्त चौधरीसँग समेत सीआइबीले बयान लिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।