सर्वोत्तम सिमेन्टले सम्पन्न गर्यो प्रि–अलोटमेन्ट, कहिले हुन्छ आइपीओ बाँडफाँट ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सर्वोत्तम सिमेन्टको प्राथमिक साधरण सेयर (आइपीओ) यसैसाता भित्र हुने भएको छ ।

कम्पनीको सेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आज आइपीओको प्रिअलोटमेन्ट सम्पन्न गरेको छ । यससँगै बिहीबारसम्म आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको क्यापिटलले जनाएको छ ।

कम्पनीको आइपीओ ५ प्रतिशत आवेदकले मात्रै पाउने छन् । कम्पनीकाे आइपीओमा कुल १० लाख १२ हजार ३८४ जनाले ५ करोड ३६ लाख ३३ हजार ९९० जनाले आवेदन दिएका छन् ।यो मागभन्दा १९.३२ गुणा धेरै हो । उनीहरुले कुल १९ अर्ब ३५ करोड रुपैयाँ बराबरको आवेदन दिएका हुन् ।

कम्पनीले सर्वसाधरणका लागि बुक बिल्डिङ विधिबाट प्रतिकित्ता ३६०.९० रुपैयाँ दरले कुल २७ लाख ७६ हजार ७६ कित्ता सेयर बिक्रीमा ल्याएको थियो । कम्पनीको आइपीओमा अधिक आवेदन परेकाले करिब ९५ प्रतिशत आवेदकले सेयर नपाउने देखिएको छ ।

बुक बिल्डिङबाट जारी भएको आइपीओ कम्तीम ५० कित्ताका दरले बाँडफाँट गर्नुपर्ने व्यवस्था छ । सो अनुसार कम्पनीको आइपीओ जम्मा ५५ हजार ५२१ जना (५.५ प्रतिशत)लाई मात्रै बाँड्न पुग्छ । साढे ९लाख बढी आवेदकको हात रित्तै हुने देखिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।