११.७८ अंकले घट्यो नेप्से, २ अर्ब ८ करोड रुपैयाँको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौ । आइतबार नेप्से परिसूचक ११.७८ अंकले घटेर १९६०.३० विन्दुमा आइपुगेको छ । यसदिन ३०९ कम्पनीको २ अर्ब ८ करोड रुपैयाँ बढीको ५५ लाख ७४ हजार २०७ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये होटल र उत्पादनमूलक बाहेक अरु सबै समूहको परिसूचक राताम्मे भएको छ । व्यापार समूह सर्वाधिक २.१२ प्रतिशतले घटेको छ ।

आज सोनापुर सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको १३ करोड २० लाख रुपैयाँ बढीको २ लाख ९२ हजार ३२६ कित्ता सेयर किनबेच भएको छ ।

घट्दो बजारमा आज ग्लोबल आइएमई लघुवित्तका सेयरधनीले सर्वाधिक ९.७० प्रतिशत कमाएका छन् भने चिरख्वा हाइड्रोपावरका सेयरधनीले ७.४९ प्रतिशत गुमाएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।