काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा डा. चण्डिका प्रसाद भट्टलाई नियुक्ति भएका छन् । फागुन ६ गतेको मन्त्रिपरिषद् बैठकले भट्टलाई कार्यकारी निर्देशकमा नियुक्त गतेको हो ।
निगमको कार्यकारी निर्देशिकको लागि भट्टसहित डोलप्रसाद चापागाईं र शत्रुध्नप्रसाद पुडासैनी अन्तिम तीन जनाको सूचीमा सिफारिस भएका थिए ।
सो पदपूर्तिका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद दुवाडी शर्माको संयोजकत्वमा समिति गठन भएको थियो । समितिले दरखास्त दिएका १३ जना उम्मेदवारसँग व्यवसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता गरेको थियो । त्यसकै आधारमा भट्टलाई निर्देशिकमा नियुक्ति गर्न समितिले सिफारिस गरेको हो ।
समितिको सिफारिसमा उद्योग मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव गरेको थियो । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले निगमको कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको हो । निगममा भट्टको दोस्रो नियुक्ति हो । १० वर्षअघि पनि उनी निगमकै कार्यकारी निर्देशक भइसेका हुन् ।
Comment