११ निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस, नपर्ने आधार भए स्पष्टीकरण बुझाउन निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने प्रक्रिया थालेको छ।

ठेक्का लिएर समयमै काम नगर्ने र आपूर्ति नगरेपछि विभिन्न जिल्लाका स्थानीय तहहरूले सिफारिस गरेबमोजिम ती निर्माण कम्पनीलाई कालोसूचीमा राख्न कार्यालयले प्रक्रिया थालेको हो।

कालोसूचीमा राख्न सिफारिस भएका निर्माण कम्पनीहरुमा लमजुङको चम्पादेवी रोडा ढुंगा बालुवा प्रशोधन केन्द्र, ललितपुरको न्यू प्रिन्सपल फेसन ओयर, कञ्चनपुरको प्रगती कन्स्ट्रक्सन लगायत छन्।

ती निर्माण व्यवसायीहरूलाई कालोसूचीमा राख्न नपर्ने आधार भए सूचना प्राप्त भएको मितिले ३० दिनिभित्र लिखित स्पष्टीकरण बुझाउन भनिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।