नेपाल व्यवस्थापन संघको प्रथम उपाध्यक्षमा सुमन पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल व्यवस्थापन संघको प्रथम उपाध्यक्षमा सुमन पोखरेल चयन भएका छन् । शुक्रबार सम्पन्न संघको ४३औँ वार्षिक साधारणसभाबाट पोखरेल आगामी दुई वर्षको लागि संघको प्रथम उपाध्यक्षमा चयन भएका हुन् ।

बैंक वित्तीय संस्थामा दुई दशक भन्दा लामो अनुभव रहेका पोखरेलले शंकरदेव क्याम्पसबाट एमबिए गर्नुका साथै एमआइटी स्कुल अफ म्यानेजमेन्ट तथा इन्डियन स्कूल अफ म्यानेजमेन्टबाट डिजिटल फाइनान्स, फिनटेक तथा डिजिटल बिजनेस स्ट्राटेजीसम्बन्धी अध्ययन गरेका छन् ।

पोखरेलले आईएमई ग्रुपको वरिष्ठ उपाध्यक्ष तथा नेपालको पायोनियर रेमिट्यान्स कम्पनी आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।