आईएमई पे ‘एचआरएम नेपाल कर्पोरेट एक्सिलेन्स अवार्ड’ बाट सम्मानित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आईएमई पे प्रतिष्ठित ‘एचआरएम नेपाल कर्पोरेट एक्सिलेन्स अवार्ड’ बाट सम्मानित भएको छ।

कर्पोरेट क्लब नेपालले प्रदान गर्दै आएको अवार्डअन्तर्गत फिनटेक समूह मध्येबाट आईएमई पे कर्पोरेट एक्सिलेन्स अवार्डबाट सम्मानित भएको हो।

आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले यस अवार्डलाई फिनटेक क्षेत्रमा नवप्रवर्तन, नेतृत्वदायी जनशक्ति व्यवस्थापन, सहज ग्राहक सेवा, वित्तीय समावेशीता तथा साक्षरताको उत्थानमा गतिशील रहने कम्पनीको प्रतिबद्धताप्रतिको सम्मानको रुपमा लिएको बताए।

कर्पोरेट क्लब नेपालले स्वतन्त्र निर्णायक मण्डलमार्फत मूल्याकंन गराइ नेपालको कर्पोरेट क्षेत्रका विभिन्न विधाहरूमा अवार्ड प्रदान गर्दै आइरहेको छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।