बालेनले गरे राष्ट्रियसभा चुनावको मतदान बहिष्कार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले राष्ट्रिय सभा निर्वाचनमा मतदान नगर्ने भएका छन्। बागमती प्रदेशका लागि प्रदेशको राजधानी हेटौँडामा मतदान केन्द्र तोकिए पनि बालेन हेटौँडा गएनन्। 

राष्ट्रिय सभाका १९ जना सदस्य निर्वाचित गर्न बिहीबार बिहानदेखि मतदान जारी छ। मतदान गर्न काठमाडौंकी उपमेयर सुनिता डंगोल भने हेटौँडा पुगेकी छन्। 

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि पालिकाका प्रमुख तथा उपप्रमुख र प्रदेश सभाका सदस्यहरु मतदाता हुन्छन्। कानुनविद्‌हरुका अनुसार राष्ट्रिय सभाको निर्वाचनमा सहभागी भएर मतदान गर्नु जनप्रतिनिधिको ‘संवैधानिक दायित्व’ हो। तर मेयर बालेनले मतदान नगर्ने निर्णय लिएका छन्। 

‘राष्ट्रिय सभाका सदस्य पनि जनताकै मतबाट चुनिने हुन्। जनताको मत प्रदेश सभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षबाट प्रकट हुने हो,’ नेपाल लाइभसँग कुरा गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले भने, ‘आफूसँग भएको जनमतलाई अर्को चुनावमा प्रकट गर्ने कुरा संवैधानिक दायित्वअन्तर्गत पर्ने हो। यो भनेको पदीय जिम्मेवारी र नैतिकताको कुरा पनि हो।’

मेयर बालेनको सचिवालयका १ जना सदस्यले कार्यव्यस्तताका कारण उनी मतदान गर्न हेटौँडा जान नसकेको प्रतिक्रिया दिए। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।