दोहोरो अंकले घट्यो नेप्से, हिमालयन रि–इन्स्योरेन्सको सर्वाधिक कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक २५.६३ अंकले घटेर २१३०.१८ विन्दुमा पुगेको हो ।

यसदिन ३०८कम्पनीको ७ अर्ब ६७ करोड ७७ लाख ४० हजार ५८ रुपैयाँ बराबरको २ करोड २८ लाख २० हजार २७९ कित्ता शेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक मध्ये २ वटा कम्पनीको बढेको छ भने अन्य सबै ओरालो लागेको छ ।

तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । हिमालयन रि–इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको ५६ करोड ७९ लाखरुपैयाँको शेयर किनबेच भएको छ ।

घट्दो बजारमा पनि आज ३ कम्पनीको शेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । आँखुखोला जलविद्युत्, समाज लघुवित्त र हिमालयन लघुवित्तको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।