एनआरएनएद्वारा कंगोमा निधन भएका सुरेशको परिवारलाई २६ लाख सहयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले वैदेशिक रोजगारीका क्रममा कंगोमा निधन भएका सुरेश सिल्लाको परिवारलाई २६ लाख ६१ हजार रुपैयाँ सहयोग गरेको छ।

एनआरएनएले वैदेशिक रोजगारीको क्रममा कंगोमा निधन भएका डोटी स्थायी घर भएका सुरेश सिल्लाको परिवारको सहयोगार्थ शनिवार काठमाडौंमा गैरआवासीय नेपाली संघ, कंगोको सक्रियतामा संकलित २६ लाख ६१ हजार रुपैयाँ वितरण गरिएको एनआरएनएका अध्यक्ष बद्री केसीले बताए।

उनले परिवारका ३ जना पिता, श्रीमती र पुत्रलाई क्रमशः ३०, ३० र ४० प्रतिशत रकम प्रदान गरेको बताए। अध्यक्ष केसीले ४० प्रतिशत पैसा छोराको नाममा मुद्दती खातामा जम्मा गरिदिएको बताए।

अध्यक्ष केसीले वैदेशिक रोजगारीमा गएका नेपालीमध्ये दैनिक रूपमा १२ देखि १५ वटा शव नेपाल आउने गरेको बताए। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।