बाजुराको स्वामीकार्तीक खापर गाउँपालिकाकी उपाध्यक्षको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मार्तडी ।  बाजुराको स्वामीकार्तीक खापर गाउँपालिकाकी उपाध्यक्ष मैना जोशीको निधन भएको छ। ५२ वर्षीया जोशीको बिहीबार बिहान करिब ४ बजेतिर आफ्नै घरमा निधन भएको हो। 

गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाका अनुसार उपाध्यक्ष जोशी क्यान्सरबाट पीडित थिइन्। ललितपुरको किस्ट अस्पतालमा उपचार गराएर जोशीलाई हालै घर पुर्‍याइएको थियो। 

‘क्यान्सरबाट पीडित हुनुहुन्थ्यो। आज (बिहीबार) बिहान उहाँको निधन भयो,’ अध्यक्ष रोकायाले भने। 

२०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा जोशी नेपाली कांग्रेसको उम्मेदवारका रुपमा स्वामीकार्तीक खापर गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी थिइन्। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।