भुवा पर्व सुरु, सुदूरपश्चिममा आज सार्वजनिक बिदा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी । सुदूरपश्चिमका पहाडी जिल्लामा परम्परागत रुपमा मनाउँदै आएको भुवा पर्व आज (बिहीबार)देखि सुरु भएको छ। दशैं तथा तिहार पछिको दोस्रो ठूलो पर्वका रुपमा भुवा मनाइन्छ। 

महाभारतका पाण्डव र कौरव बीचको गाथामा आधारित भुवा पर्वलाई स्थानीयले भस्सो पर्व पनि भन्ने गरेका छन्। पौराणिक कालमा कौरवमाथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनामा यो पर्व मनाइने गरेको जन विश्वास छ।  भुवा पर्व पुषे औँसीका दिनबाट सुरु भइ ३ देखि ५ दिनसम्म मनाइने गरिन्छ।

आफन्तसँगको भेटघाट, आपसी सद्भाव, रमाइलो र सत्यको जीत तथा महाभारतको युद्धलाई केन्द्र भागमा राखेर भुवा अवधिभर रमाइलो गर्ने गरिन्छ। भुवा पर्व सुदूरपश्चिमका सबै पहाडी जिल्लामा मनाइन्छ। बजाङ, बाजुरा र अछाम जिल्लाका बासिन्दाले यो पर्व विशेष रुपले मनाउँछन्। 

भुवा पर्वमा हरिनु हाल्ने र त्यसको गाथा गाउने तथा ढाल र तरबारसहित भुवा चाली खेल्ने,लाखे नाच नांच्ने र बेलुका देउडा खेलेर रमाइलो गर्ने प्रचलन छ। 

सत्यको जितसँग यो पर्वलाई जोडिएकोले सत्यका पक्षपातीहरूले भुवा पर्व मनाउने गरिएको भुवा पर्वका जानकाररुले बताउने गरेका छन्। भुवा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले बिहीबारका लागि प्रदेशभर सार्वजनिक बिदा दिएको छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।