बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही। बुटवलमा बसको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ। 

बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख ३३७४ नंम्बर को बसले साईकलयात्रीलाई ठक्कर दिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ। 

बुटवल–८ मिलनचोकमा भएको उक्त दुर्घटनामा साईकलयात्री अन्दाजी ४० वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिएपछि बसको चक्कामुनि परेका साईकलयात्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक व्यक्तिको पहिचान भने अझै खुल्न सकेको छैन।  मृतकको शवलाई लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ। ठक्कर दिने बस र चालकलाई ईलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रमा लिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।