नेप्सेमा लगातार पाँचौं दिन गिरावट, यी ६ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सेयर बजारमा लगातार पाँचौं दिन गिरावट आएको छ । गत पुस ५ गतेदेखि ओरालो लागेको नेप्सले आज पनि सोही लय कायम राखेको हो । पछिल्ला ५ दिनमा नेप्से परिसूचक ८१ अंकले घटेको छ ।

सूचकमा गिरावट आए पनि कारोबार रकम भने उत्साहजनक नै रहेको छ । आज ४ अर्ब ४८ करोड बढीको सेयर किनबेच भएको छ ।

सोमबार नेप्से परिसूचक ८.७५ अंकले घटेर २०६०.१५ विन्दुमा आइपुगेको छ । यस दिन ३०६ कम्पनीको १ करोड १८ लाख ९२ हजार ५५९ कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ५ वटाको परिसूचक बढेको छ भने ८ को घटेको छ । लजानी समूहको परिसूचक सर्वाधिक १.०७ प्रतिशतले बढेको छ भने हाइड्रोपावर १.७२ प्रतिशतले घटेको छ ।

आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको २० करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, सोनापुर सिमेन्ट २० करोड र हाथवे इन्भेष्टमेन्टको १७ करोड बढीको सेयर कारोबार भएको छ ।

घट्दो बजारमा पनि आज ६ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सीईडीबी हाइड्रोपाव र चिरख्वा हाइड्रोपावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

त्यस्तै, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ, हाथवे इन्भेष्टमेन्ट र हिमालयन हाइड्रोपावरका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।