नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा ५ जनाको नाम सर्टलिस्ट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि अन्तिम ५ जनाको नाम छनोट भएको छ । अर्थ मन्त्रालयद्धारा गठित छनोट समितिले ५ जनाको नाम सर्टलिस्ट गरेको हो ।

छनोट हुनेमा पर्वतकुमार कार्की, राजेन्द्र पण्डित, लेखनाथ शर्मा पंगेनी, विश्वमोहन अधिकारी र डा. शिवहरि श्रेष्ठ रहेका छन् । अब उनीहरु मध्येबाट एकजना कोषको कार्यकारी निर्देशक बन्नेछन् ।

उनीहरुको शैक्षिक योग्यता, कार्यअनुभव, व्यवसायिक तथा वित्तीय कार्ययोजनाको मूल्यांकनका आधारमा प्राप्त गरेको कुल प्राप्ताङ्‍कका आधारमा सबैभन्दा धेरै अंक प्राप्त गर्ने उम्मेदवारलाई सर्टलिस्टमा छनोट गरिएको हो ।

छनोट भएकालाई भोलि (पुस १७ गते) अन्तर्वार्ताका लागि बोलाइएको छ । उनीहरुलाई पावर प्वाइन्टसहितको प्रेजेन्टेसन गर्नुपर्नेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।