के तपाइँले नेपाली टोपी लगाएको फोटो फेसबुकमा राख्नुभयो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ११ औँ नेपाली टोपी दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।  ‘नेपाली टोपी : नेपाली पहिचान’ भन्ने नारासहित यस वर्षको ११ औं नेपाली टोपी दिवस मनाइएको हो । 

दौरा सुरुवाल, टोपी र गुन्युचोलोलाई २०६८ सालमा तत्कालीन बाबुराम भट्टराई नेतृत्वको सरकारले राष्ट्रिय पोशाक खारेज गरेसँगै टोपी पनि ओझेलमा पर्ने संकेत देखियो । नेपालीको पहिचान बोकेको टोपी संकटमा पर्नु भनेको नेपाली पहिचान नै संकटमा पर्नु हो । तसर्थ यही भावलाई लक्षित गर्दै युवाहरुले राष्ट्रिय पोशाक निरन्तरताको माग गर्दै जनवरी १ लाई नेपाली टोपी दिवसको रुपमा मनाउन थालेका छन्।

पहिलो (२०१४) र दोश्रो (२०१५) नेपाली टोपी दिवस फेसबुकमा सीमित रह्यो । पहिलो वर्षमा फेसबुकमा केही व्यक्तिमा मात्रै सीमित यो अभियानले दोश्रो वर्षमा स्कुलदेखि गाउँसम्म प्रवेश पायो ।

यो विषय फेसबुकमा भाइरल बनेलगतै विभिन्न क्लब, समूह तथा व्यक्तिहरुले आ-आफ्नै तरिकाले नेपाली टोपी दिवस मनाउन थाले । दुई वर्षको अन्तरालमा देश विदेशबाट थुप्रै ऊर्जाजन्य उत्साहप्रद प्रतिक्रियाहरु प्राप्त भयो । त्यसपछि सन् २०१६ देखि ‘जागरुक युवा अभियान नेपाल’ ले सडकमार्फत पनि टोपी दिवस मनाउन थाल्यो । अहिले देश विदेशका विभिन्न सहर र गाउँहरुमा आ-आफ्नै तरिकाले टोपी दिवस मनाउँदै आएका छन् ।

नेपालमा मात्रै नभइ विदेशमा समेत रहेका धेरै नेपालीले परम्परागत ढाका र भादगाउँले टोपी लगाएर सामाजिक सञ्जालमा तस्वीर पोस्ट गर्दै मनाउन थालेका छन्।

टोपी मात्र नभएर दौरा-सुरुवाल जस्ता पोशाक लगाउने चलन पनि पछिल्ला दिनमा बढ्दो क्रममा रहेको बताइन्छ।

यस अबसरमा थुप्रै नेपालीले नेपाली टोपी लगाएको फोटो फेसबुक मा राखेका छन ।

हेर्नुहोस केहि तस्विरहरु

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।