उच्च अंकले बढ्यो नेप्से, ५ अर्ब ९८ करोडको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शेयर बजार उच्च अंकले बढेको छ । साताको कारोबारको तेस्रो दिन नेप्से परिसूचक ४५.९८ अंकले बढेर २१०६.४८ विन्दुमा पुगेको हो । यसदिन ३१३ कम्पनीको ५ अर्ब ९८ करोड ४६ लाख १३८ कित्ता शेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटा उपसमूहमध्ये हाइड्रोपावर बाहेक अरु सबै समूहको परिसूचक बढेको छ । हिजो माइक्रोफाइनान्स समूहमा झुम्मिएका लगानीकर्ता आज होटल समूहमा आकर्षित भएका छन् । होटल समूहको परिसूचक आज सर्वाधिक ६.९८ प्रतिशतले बढेको छ।

आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । गत वर्षको नाफाबाट १५ प्रतिशत लाभांश घोषणा गरेको कम्पनीको आज ३७ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ । त्यस्तै, सोल्टी होटलको २८ करोड र सोनापुर सिमेन्टको १६ करोड बढीको कारोबार भएको छ ।

यसदिन १० कम्पनीको शेयर मूल्य सर्किट लेभलमा बढेको छ। बोटलर्स नेपाल बालाजु, मेरो माइक्रोफाइनान्स, उन्नति सहकार्य लघुवित्त, शिवम् सिमेन्ट, नेपाल रिपब्लिक मिडिया, घोराही सिमेन्ट, हाथवे इन्भेष्टमेन्ट, मिड सोलु हाइड्रोपावर, सोनापुर मिनरल्स र बिपिडब्ल्यू लघुवित्तको शेयरमूल्य १० प्रतिशत बढेको छ।

यसैगरी, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमको इकाइ मूल्य सर्वाधिक ७.२६ प्रतिशतले घटेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।