आज २०८० पुस १ गते आइतवार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको पञ्चाङ्ग

काठमाडौ । २०८० पुस १ गते, आइतवार, १७ डिसेम्बर २०२३। मार्ग शुक्लपक्ष पञ्चमी तिथि। श्रवण नक्षत्र, ८ः०७ बजेपछि धनिष्ठा। चन्द्रराशि मकर, १९ः२० बजेपछि कुम्भ।

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,

बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ। प्रेम सम्बन्ध र दाम्पत्य जीवन सफल देखिन्छ। वैदेशिक क्षेत्रको लगानीमा फाइदा हुनेछ। बन्धु र कुटुम्बसँग सचेत हुनुपर्नेछ।

वृष(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आफन्तबाट सहयोग मिल्नेछ। दाम्पत्य जीवन सुमधुर बन्नेछ। व्यापार व्यवसायमा लाभ हुनेछ। मान्यजनबाट असहयोग हुनेभएकाले व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

वैदेशिक क्षेत्रमा गरेको लगानीले उपलब्धि हात लाग्नेछ। शिक्षाको क्षेत्रमा राम्रा सम्भावना देखिन्छन्। स्वास्थ्यमा समस्या आउने हुनाले खानपानमा ख्याल गर्नुहोला। दाम्पत्य जीवनमा असफलता मिल्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

दिन राम्रो छ। आर्थिक, सामाजिक र शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। स्वास्थ्यमा गडबढी हुने भएकाले खानपानमा ख्याल गर्नु राम्रो हुन्छ। गुमेको धन प्राप्त हुने योग छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

दिन सामान्य छ। आफ्नै बोलीले साथी टाढिने छन्। व्यापारमा घाटा हुने देखिन्छ। शिक्षा र स्वास्थ्यमा राम्रो देखिन्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीले खुशी दिनेछ।

कन्या  (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

दिन राम्रो छ। हिम्मत गरेर अगाडि बढेमा शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय उपलब्धि हात लाग्नेछ। पारिवारिक झमेला आउन सक्छ। सामाजिक सेवा गर्नुभयो भने दिन सफल हुनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

सूर्यलाई पानी चढाएर दिनको सुरुवात गर्नु राम्रो हुन्छ। शिक्षा र व्यापारमा गरेको लगानीले उपलब्धि हात पर्नेछ। यात्रा रमाइलो हुनेछ। पारिवारिक झन्झट भने भोग्नुपर्ने हुनसक्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

दिन सामान्य छ। आफन्तबाट असहयोग हुनेछ। आफूले गर्दै आएका काममा होसियार भएर अगाडि बढ्नुहोला। शिक्षा र स्वास्थ्यमा सोचेका काम अधुरै रहने छन्। प्रेम सम्बन्ध राम्रो हुनेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

दिन राम्रो छ। गुमेको धन हातलाग्ने योग छ। वैदेशिक लगानीमा फस्ने सम्भावना देखिन्छ। अन्याय भएको भए न्याय पाउने देखिन्छ। गणेशको पूजा गरेमा संकट टर्नेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

झुटा आरोप लाग्न सक्छन्। अन्यायको सिकार हुने योग छ। तपाईंको बोलीले धेरै दोष शान्त हुनेछन्। शिक्षा, स्वास्थ्य र व्यापारमा लगानी नगर्नु राम्रो हुन्छ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

दिन सामान्य छ। अरुले गरेको गल्तीको अपजस बोक्नुपर्ने हुनसक्छ। राजनीतिक भीडभन्दा टाढै बस्नु राम्रो हुन्छ। शिक्षा, स्वास्थ्य र वैदेशिक रोजगारमा राम्रो देखिन्छ।

मिन (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

दिन राम्रो छैन। बोल्दा ख्याल गर्नुपर्ने देखिन्छ। आर्थिक कारोबारमा झन्झट भोग्नुपर्छ। वैदेशिक लगानी र रोजगार राम्रो बन्ने देखिन्छ। खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।