भन्सार विभागले भन्यो- ‘त्रिभुवन विमानस्थलबाट बरामद धातु विशुद्ध सुन’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले बरामद गरेको सुन विशुद्ध सुन भएको पाइएको छ ।

भन्सार कार्यालयले बिहीबार राति त्रिभुवन विमानस्थलबाट बरामद गरेको १४ किलो सुन जस्तो पहेंलो देखिने धातु २४ क्यारेटकै सुन भएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको हो ।

भन्सार कार्यालयले उक्त सुनसहित बिहीबार राति दुई जनालाई पक्राउ गरेको थियो । शुक्रबार भन्सार विभागमा गरिएको परीक्षणमा ९९.९९९ सुन अर्थात् २४ क्यारेटको रहेको पुष्टि भएको छ ।

यसरी भेटिएको १४ वटै विस्टुकको छुट्टाछट्टै परीक्षण ईडीएक्स उपकरण (एक्सरे)मा परीक्षण गरिएको थियो, जसमा सबै विशुद्ध सुन भएको पाइएको छ ।

बिहीबार राति ११ः५६ बजे फ्लाइ दुबईको एफजेट ५७३ उडान नम्बरको जहाजबाट आएका चन्द्र घलेको साथबाट उक्त सुन बरामद गरिएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।