आज २०८० मंसिर १९ गते मंगलवार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको पञ्चाङ्ग

काठमाडौ । २०८० मंसिर १९ गते, मंगलवार, ५ डिसेम्बर २०२३। मार्ग कृष्ण अष्टमी तिथि। पूर्वफाल्गुनी नक्षत्र। चन्द्रराशि सिंह।

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,

दिन राम्रो छ। आकस्मिक लाभ हुनेछ। राजनीतिमा सफलता र प्रशंसा मिल्नेछ । बोलीको प्रभाव पर्ने भएकाले सोचेर बोल्नुपर्ने देखिन्छ । नयाँ कामको थालनी गर्नु उपयुक्त हुनेछ ।

वृष(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

शिक्षाको लगानी उठ्ने देखिन्छ। व्यापार व्यवसायमा उन्नति हुने देखिन्छ। प्रेममा सफलता मिल्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

दिन राम्रो छ। नसोचेको सम्पत्ति आर्जन हुनसक्छ। यसको लगानीले तपाईंको व्यापार व्यवसायमा उन्नति हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

पुराना साथीसँगको भेटले मन खुसी हुनेछ। रोग बढ्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

रोगबाट मुक्ति मिल्नेछ। शत्रु परास्त हुनेछन्। राजनीति क्षेत्रमा निकै राम्रो छ।

कन्या  (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

खर्च बढ्नेछ। पठनपाठनमा ढिलासुस्ती देखिने छ। साथीभाइबाट सहयोग पाउने योग छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

बोलीमा ख्याल गर्नुपर्नेछ। रोगको प्रकोप बढ्नेछ। शिक्षाको क्षेत्रमा राम्रो नतिजा प्राप्त हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

शत्रु र रोगबाट मुक्ति मिल्नेछ। शब्दमा ख्याल गर्नुहोला। शिक्षाको क्षेत्रमा फाइदा मिल्नेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

काममा ढिलासुस्ती हुनेछ। खर्च बढ्नेछ। व्यापार व्यवसाय गर्दा सचेत भएर लगानी गर्नुपर्नेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

दिन राम्रो छ। मानसम्मान प्राप्त हुनेछ। खर्च बढ्नेछ। स्वास्थ्यमा सुधार हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

रोगबाट मुक्ति मिल्नेछ। मानसम्मान प्राप्त हुनेछ। खर्च बढ्नेछ।

मिन (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आकस्मिक लाभ मिल्नेछ। पुरानो फसेको भनिएको पैसा उठ्ने देखिन्छ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।