काठमाडौं । सेयर बजारमा लगातार छैटौं दिन गिरावट आएको छ ।
गत सोमबारदेखि लगातार ओरालो लागेको नेप्सेले यस साता पनि सोही लय कायम राखेको हो । गत आइतबार एकैदिन ४७ अंकले बढेको नेप्से त्यस यताका ६ दिनमा ५९ अंकले घटेको छ ।
सोमबार नेप्से परिसूचक ३.४२ अंकले घटेर १८४७.८१ विन्दुमा आइपुगेको छ । यसदिन २९२ कम्पनीको ३८ लाख ९६ हजार २८७ कित्ता सेयर किनबेच भएको छ । आज १२२ कम्पनीको सेयर मूल्य बढेकोे छ भने १०९ को घटेको छ ।
आज सोनापुर सिमेन्टको सेयर सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ७ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । हिमालयन डिष्ट्रिलरीको ७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
घट्दो बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । एनआरएन इन्फ्रास्ट्रक्चर र माउन्टेन इनर्जीको सेयर मूल्यमा उच्च गिरावट आएको हो ।
यसदिन समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक ८.०६ प्रतिशतले कमाएका छन् । यसैगरी, एनएमबी बैंककाे डिबेन्चरको सेयर मूल्य ५.९८ र तेह्रथुम पावर कम्पनीको ५.८८ प्रतिशतले सेयर मूल्य वृद्धि भएको छ ।
Comment