आजियाटाले वेलायती कम्पनीलाई बेच्यो एनसेलको सेयर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दूरसंचार सेवा प्रदायक एनसेलको माउ कम्पनी आजियाटा ग्रुपले आफ्नो सेयर बेचेको छ । आजियाटाले आफ्नो सेयर वेलायतको स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बिक्री गरेको हो ।

बुधबार मात्रै एनसेलबाट बाहिरिने घोषण गरेको आजियाटाले आफ्नो स्वामित्वको ८० प्रतिशत सेयर स्पेक्ट्रलाइटलाई बिक्री गरेको हो ।

स्पेक्ट्रलाइट यूके लिमिटेड एनसेलका स्थानीय साझेदार सतिशलाल आचार्यको समेत लगानी रहेको कम्पनी हो । आचार्य सञ्चालक रहेको सुनिभेरा क्यापिटल भेन्चर्सको एनसेलमा २० प्रतिशत सेयर लगानी छ ।

आफ्नो नामको सेयर बेचे पनि सन् २०२९ सम्म एनसेलबाट पाउने लाभांश भने आजिआटाले नै पाउने गरी खरिद सम्झौता भएको आजियाटाले जनाएको छ ।

आजियटाले ७ वर्ष अघि युरोपियन टेलिकम कम्पनी टेलिया सोनेरासँग एनसेलको सेयर किनेको थियो । सो बेला आजियाटाले १ अर्ब ३६ करोड ५१ लाख डलर (करिब १ खर्ब ३६ अर्ब रुपैयाँमा) एनसेलको सेयर किनेको थियो ।

बुधबार मात्रै आजियाटाले नेपालको अवस्था चुनौतीपूर्ण रहेको, व्यवसाय विस्तार हुन नसकेको, आम्दानी निरन्तर घट्दै गएकाले नेपालबाट बाहिरिने घोषणा गरेको थियो ।

पछिल्ला वर्षहरुमा एनसेलको व्यापार लगातार गिरावट आइरहेको छ । २०१९/२० मा ४६ करोड ८७ लाख रुपैयाँको कारोबार गरेको कम्पनीले २०२०/२१ मा ४० अर्ब ४२ करोड, २०२१/२२ मा ३९ अर्ब ७२ करोड र सन् २०२२/२३ मा घटेर। ३७ अर्ब ४४ करोड रुपैयाँमा सीमित भएको छ ।

नेपाली दूरसंचार बजारमा एनसेलको बजार हिस्सा झन्डै आधा रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।