काठमाडौं । आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेकाे छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ ९७ पैसा र बिक्री दर १३३ रूपैयाँ ५७ पैसा रहेको छ ।
यस्तै युरो एकको खरिद दर १४४ रूपैयाँ ८४ पैसा र बिक्री दर १४५ रूपैयाँ ५० पैसा रहेको छ । हिजोको तुलनामा युरो र डलरको भाउ घटेर आएको छ ।
शनिबार बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ २७ पैसा र बिक्री दर १६९ रूपैयाँ २३ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ४७ पैसा र बिक्री दर ३६ रूपैयाँ ६४ पैसा रहेको छ ।
Comment