इन्जिजियरहरुलाई पारिश्रमिक दिने प्रक्रियामा सुधार आवश्यक छः अध्यक्ष दर्लामी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ ।  नेपाल इन्जिनियर्स एशोसिएशनका अध्यक्ष डा. हरिबहादुर दर्लामीले इन्जिजियरहरुलाई पारिश्रमिक दिने प्रक्रियामा सुधार गर्न आवश्यक रहेको बताएका छन् । 

शनिबार काठमाडौंमा आयोजित नेपाल इन्जिनियर्स एशोसिएशनको ५४औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले इन्जिजियरहरुलाई पारिश्रमिक दिने प्रक्रियामा सुधार गर्न आवश्यक रहेको बताएका हुन् ।

सम्पूर्ण इन्जिजियरिङ कमिटी पनि सुधारको बाटोमा गइरहेको भन्दै उनले पारिश्रमिक प्रक्रियामा सुधार हुनुपर्नेमा जोड दिए । उनले भने, ‘अहिले बजारमा जसरी इन्जिनियरको पारिश्रमिकको कुरा चलिरहेको छ, पारिश्रमिक दिने जुन प्रक्रिया छ, त्यसबाट हामी अलि सुध्रन आवश्यक छ । सम्पूर्ण इन्जिजियरिङ कमिटी सुधार गर्ने बाटोमा हामी गइरहेका छौं ।’

आउने दिनमा एशोसिएशनले भूकम्प प्रभावित क्षेत्रलाई कसरी पुननिर्माण गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिएर अगाडि बढ्ने बताए । उनले भने, ‘अबको दिनमा कसरी भूकम्प प्रभावित क्षेत्रलाई हामीले पुननिर्माण गर्न सक्छौं भन्ने कुरामा सरोकारवालाहरुसँग सल्लाह गरे अगाडि जाने छौं ।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।