स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा डा. गुणराज लोहनी नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा पूर्वअतिरिक्त स्वास्थ्य सचिव डा. गुणराज लोहनी नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले डा. लोहनीलाई चार वर्षका लागि अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

गएको माघ २४ गते डा. सेनेन्द्रराज उप्रेतीले स्वास्थ्य बीमा बोर्डको अध्यक्षबाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो।

डा. लोहनी नेपालमा स्वास्थ्य बीमा सुरु हुँदा कार्यकारी निर्देशक थिए । उनकै पहलमा २०७२ साल चैत २५ मा कैलालीबाट स्वास्थ्य बीमा कार्यक्रम सुरुवात भएको थियो । र,  त्यसपछि उनकै अग्रसरतामा स्वास्थ्य बीमा ऐन मस्यौदा तयार भएको थियो।

तर, पछिल्लो समय बीमा कार्यक्रम भद्रगोल अवस्थामा छ । बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौला निलम्बनमा परेपछि बोर्डका सबै सदस्यहरूले राजीनामा दिएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।