३६ ठाउँमा ‘पोलिकन क्रसिङ लाइट’ राख्दै काठमाडौं महानगर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र ३६ ठाउँमा स्विच थिचेर बाटो काट्न मिल्ने पेलिकन क्रसिङ प्रणाली जडान गर्ने भएको छ । विद्यालय,अस्पताल आसपास लगायतका ठाँउमा सडक विभागसँग सहकार्य गरेर यो प्रणाली जडान गर्न लागिएको महानगरले जनाएको छ ।

थप प्रविधि जडान गर्नका लागि यो साताभित्र टेन्डर खुलाउने प्रक्रियामा रहेका जनाइएको छ । हाल बबरमहलमा राखिएको यही प्रणालीलाई सोमबार सञ्चालनमा ल्याइएको थियो ।

बटन थिचेपछि ५ सेकेण्डमा हरियो बत्ती बल्ने र तोकिएको ३० सेकेण्डभित्र पैदलयात्रुले जेब्रा क्रसिङ गरिसक्नुपर्नेछ । एकपटक थिचिसकेपछि २ मिनेट भने बत्ती बल्ने छैन ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।