माइतीघरमा टिकटकरको प्रदर्शन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । सरकारले टिकटक प्रतिबन्ध गरेको विरोधमा सोमबार राजधानीको माइतीघर मण्डलामा टिकटकरले प्रदर्शन गरेका छन् ।

टिकटक प्रतिबन्ध खारेज गर, सरकार हिजो बन्दुकसँग डराउने आज सरकारसँग, टिकटक होइन जाजरकोटलाई ध्यान दे लगायत लेखिएको प्ले कार्ड बोकी युवाहरू प्रदर्शनमा उत्रेका हुन्।

टिकटकरहरुले प्रदर्शन गर्दै गर्दा आज सर्वोच्चमा टिकटक प्रतिबन्धविरुद्ध दायर रिटमा सुनुवाइ पनि हुँदै छ ।  टिकटक प्रतिबन्धविरुद्ध परेका १० रिटको सुनुवाइ न्यायाधीश डा कुमार चुडालको इजलासमा तोकिएको छ । 

गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।