सागर डिष्टिलरीले आईपीओ जारी गर्ने बोलायो साधारण सभा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  ।  सागर डिष्टिलरी लिमिटेडले साधारण सभा आह्वान गरेको छ ।

कम्पनीले मंसिर १५ गते शुक्रबार रजिष्टर्ड कार्यालयमा प्रथम वार्षिक साधारण सभा बोलाएको हो। सभा बिहान ९ बजे शुरु हुनेछ। सभाले प्रिमियममा आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्ने छ ।

यस्तै सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, स्वतन्त्र सञ्चालक नियुक्त गर्ने, नयाँ सञ्चालक समिति गठन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

यस्तै सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुनेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।