शनिवार राजधानीका विभिन्न स्थानमा दिनभर बिद्युत आपूर्ति बन्द हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ माघ । शनिवार  राजधानीका केही स्थानमा ९ घण्टा बत्ती जाने भएको छ । 

शनिवार चक्रपथ विस्तार कार्यको लागि नेपाल वन निगम लिमिटेडले रुख कटान गर्ने भएसंगै महाराजगञ्ज वितरण केन्द्रको धापासी फिडरबाट वितरित लाइन बिहान ७ बजेदेखि बेलुकी ४ बजेसम्म अवरूद्ध हुने प्राधिकरणले जनाएको छ  ।  ।

शुक्रवार नेपाल विद्युत प्राधिकरणले सूचना जारी गर्दै उक्त फिडरअन्तर्गत बसुन्धारा, सामाखुसी चोक, रानीबारी, गोंगबु चोक, टोखा रोड हुँदै ग्राण्डी हस्पिटल लगायत क्षेत्रका विद्युत अवरूद्ध हुने जानकारी दिएको छ।

रुख कटान कार्य निर्धारित समय अगाडि सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुने पनि प्राधिकरणको सूचनामा भनिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।