मुलुकका केही भूभागमा वर्षासहित हिमपातको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । जल तथा मौसम विज्ञान विभागले आज देशका केही भूभागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना रहेको जनाएको छ।

विभागका अनुसार बिहान मुलुकका केही पहाडी भूभागमा आंशिक बदली रहेको र बाँकी भूभागमा मौसम सफा रहेको छ ।

विभागले दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भूभागमा मौसम सफा रहनेछ ।

पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।

यस्तै, आज राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।