लाओसलाई हराउँदै नेपाल विश्वकप छनोटको को दोस्रो चरणमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फिफा विश्वकप छनोट प्रारम्भिक चरणको दोस्रो लेगमा नेपालले लाओसलाई पराजित गरेको छ ।

मनिष डाँगीको निर्णयक गोलमा नेपालले १-० को जित निकाल्दै दोस्रो चरणको यात्रा तय गरेको हो ।   पहिलो लेगमा १-१ को बराबरी खेलेको नेपाल समग्रमा २-१ को जितका साथ अघि बढेको हो ।  

अब नेपालले छनोटको दोस्रो चरणमा समूह जी मा युएई, बहराइन र यमनसँग होम एण्ड अवे गरेर ६ खेल खेल्न पाउने छ । यसअघि नै भएको दोस्रो चरणको ड्र मा यस समूहमा युएई र बहराइन थिए । यमन भने पहिलो चरणमा श्रीलंकालाई समग्रमा ४-१ ले पराजित गर्दै दोस्रो चरणमा पुगेको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।