एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका ३ करोड ५१ लाख सहयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने उद्देश्यले एनएमबि बैंक लिमिटेडका संचालक समितिका अध्यक्षले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा हुने गरी ३ करोड ५१ लाख रुपैयाँ रकमको चेक अर्थ मन्त्रीलाई हस्तान्तरण गरेका छन् ।

साथै, बैंकले उक्त प्रभावित क्षेत्रका नगरिकहरुका लागि १० लाख बराबरको राहत सामाग्री समेत प्रदान गरेको छ ।

अचानक आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायतका नदी तटीय क्षेत्रमा ठूलो क्षति पुगेको छ । बाढीले जनधनको क्षति हुनुका साथै धेरै घर परिवार विस्थापित भएका छन् भने सडक, स्थानीय पूर्वाधार र जलविद्युत् आयोजनाहरूमा समेत ठूलो असर परेको छ ।

यस कठिन परिस्थितिमा प्रभावित नागरिकहरूको साथमा उभिँदै बैंकले उक्त सहयोग प्रदान गरेको हो । यसबाट बाढी प्रभावितको उपचार, खाद्यान्न तथा आवासको व्यवस्था र क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा पुनस्र्थापनाका जस्ता कार्यहरुमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।