आजदेखि नयाँ नोट साट्न पाइने, अनलाइनबाट भुक्तानीको व्यवस्था

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दशैं तिहारलगायत चाडबाडलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट सटही सुविधा दिन सुरु गरेको छ । 

काठमाडौँ उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा गई नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । 

डिजिटल कारोबारलाई प्राथमिकता दिने लक्ष्यका साथ राष्ट्र बैंकले नयाँ नोट क्यूआरमार्फत नै साट्न पाउने व्यवस्था गरेको छ । 

नयाँ नोट साट्न आउनेले यो वर्ष आफूले नोट नबोकी आउँदा पनि हुने बैंकले जनाएको छ । नयाँ नोट आवश्यक पर्ने जो कोहीले क्यूआरमार्फत भुक्तानी गरेर नयाँ नोट लिन सक्नेछन् ।

राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सयका दरले नयाँ नोट वितरण गर्न लागेको छ । नागरिकले ५, १०, २०, ५० र १०० दरका एक/एक बण्डल (बिटा) नयाँ नोट सटही गर्न पाउँनेछन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।