काठमाडौं । आज नवरात्रीको पहिलो दिन घटस्थापना । दसैं सुरु भएसँगै गोंगबुस्थित नयाँबसपार्कमा घर जाने यात्रुको भीड लागेको छ ।
सरकारले दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गरे पनि घटस्थापनादेखि नै अधिकांश विद्यालय, कलेज र सङ्घसंस्था बन्द भएपछि शनिबारदेखि नै घर जाने यात्रुको घुइँचो लागेको हो ।
दसैंका लागि हालसम्म भने ६० हजारभन्दा बढी यात्रुले नयाँ बसपार्कबाट अग्रिम टिकट काटिसकेका छन् भने काठमाडौंभरिका करिब एक लाख यात्रुले चाडपर्वमा घर जनालाई टिकट बुकिङ गरिसकेका छन् ।
सरकारले दसैँको यातायात व्यवस्थापनलाई सहज बनाउनका लागि असोज २६ गते देशैभरका सार्वजनिक सवारीसाधनमा रुट परमिटसमेत खुला गरिसकेको छ ।
Comment