सोमबारदेखि बुधबारसम्म वर्षाको सम्भावना, यी प्रदेशमा धान नकाट्न आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हाल नेपालको पूर्वी भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । 

बुधबार अपराह्नसम्म देशका विभिन्न भूभागमा बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

मौसमविद् विनोद पोखरेलले पश्चिमी वायुको प्रभावले सोमबारदेखि बुधबारसम्म वर्षाको सम्भावना रहेको जानाकारी सामाजिक सञ्जाल मार्फत दिएका छन् । 

सुदूरपश्चिम, कर्णाली, गण्डकी आदि भूभागमा मध्यम वर्षाको सम्भावना रहेकोले किसानहरुमा धानलगायत बाली भित्र्याउने चटारो भएकाले बुधवारसम्म नकाट्न आग्रह समेत गरेका छन् । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।