काठमाडौं । भोकमरीको सूचांकमा नेपाल ६९ औं स्थानमा रहेको छ ।
ग्लोबल हंगर इन्डेक्स नामक गैरसरकारी संस्थाले पछिल्लोपटक सार्वजनिक गरेको सूचांकमा व्यापक सुधार गर्दै नेपाल यस वर्ष ६९ औं स्थानमा आइपुगेको हो ।
सूचकांक २०२२ मा नेपाल ८१ औं स्थानमा थियो । सन् २००२ मा जोखिमपूर्ण अवस्थामा थियो । छिमेकी मुलुक भारतमा भने भोकमरीको अवस्था निकै रहेको प्रतिवेदनमा उल्लेख छ ।
दक्षिण एशियाली मुलुकमध्ये सबैभन्दा माथि श्रीलंका ६० औं स्थानमा छ । त्यसपछि दोस्रोमा नेपाल रहेको छ।
बंगलादेश यस सूचीमा ८१ औँ स्थानमा छ भने पाकिस्तान १०२ औँ स्थानमा र भारत १११ औँ स्थानमा रहेको छ ।
दक्षिण एशियाली देशमा भोकमरीको सबैभन्दा धेरै समस्या अफगानिस्तानमा रहेको छ । यस सूचीमा अफगानस्थान ११५औं स्थानमा रहेको छ। भूटान र माल्दिभ्स भने सूचिमा समावेश छैनन् । यो सूचीमा पहिलो स्थानमा बेलारुस रहेको छ ।
Comment