अर्थतन्त्रमा संरचनात्मक समस्या देखियो,सुधारको लागि आयोग गठन गर्नुपर्छ : ढकाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको अर्थतन्त्र सुधारका लागि सरकारले आयोग गठन गर्नुपर्ने बताएका छन् ।

काठमाडौंमा आयोजित ‘राष्ट्रिय आर्थिक बहस, सुधारका लागि सहकार्य’ नामक कार्यक्रममा बोल्दै उनले सरकारले एक आयोग गठन गरेर अर्थतन्त्र सुधार गर्नुपर्ने बताएका हुन् ।

देशको अर्थतन्त्र धेरै खुम्चिएको भन्दै यसको सुधारका लागि पहल गर्न ढकालले सबै पक्षलाई उनले आग्रह गरे । उनले डेढ वर्षदेखि देशको अर्थतन्त्र मन्दीमा रहेको उल्लेख गर्दै सरकारको बजेट र राष्ट्र बैंकको मौद्रित नीतिले पनि समस्या समाधान गर्न नसकेको बताए।

सरकारलाई निजी क्षेत्रले दिएको सुझाव कार्यान्वयन नभएकोमा दुख व्यक्त गर्दै अध्यक्ष ढकालले सरकार चनाखो नभएमा अर्थतन्त्र थप समस्यामा पर्ने बताए ।

सरकारले राजश्व उठेन भनेर चिन्ता लिने तर त्यै राजश्वको मुल स्रोत निजी क्षेत्रलाई वेवास्ता गर्ने प्रवृत्तिले नयाँ नयाँ समस्या देखिएको उनको भनाई छ ।

सरकारले अझै पनि टालटुले नीति लिएर अघि बढेमा देशको अर्थतन्त्र धरासायी हुने सम्भावना रहेको महासंघका अध्यक्ष ढकालले चेतावनी दिएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।