काठमाडौँ । सिटिजन्स म्युचुअल फण्ड २ ले आफ्ना इकाईधनीहरुलाई लाभांश वितरण गरेको छ । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित फण्डले लाभांश वितरण सुरु गरेको हो ।
फण्डले गत आर्थिक वर्षका लागि करसहित ८ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको थियो। प्रतिफल वितरण प्रयोजनार्थ फण्डले भदौ १९ गते बुकक्लोज गरेको हुँदा भदौ १८ गतेसम्म कायम इकाईधनीहरुको बैंक खातामा लाभांश जम्मा गरेको हो ।
हितग्राही खातामा बैंक खाता अध्यावधिक नभएका इकाईधनीहरुलाई शिघ्र अध्यावधिक गराउन फण्डले अनुरोध गरेको छ।
Comment