काठमाडौं । विराटनगरको ग्रीनक्रस अस्पतालबाट चिकित्सकको संलग्नतामा भएको शिशु बिक्री प्रकरणमा पक्राउ परेकामध्ये तीन जना कारागार चलान भएका छन् भने तीन जना धरौटीमा रिहा भएका छन्। कारागार चलान हुनेमा शिशुका बाबु भोजपुरको हतुवागढी गाउँपालिका–४ का २७ वर्षीय गोविन्द राई, दीपेश मेडिकल हलका सञ्चालक तथा ग्रिनक्रस अस्पतालका चिकित्सक विराटनगर–२ का ६८ वर्षीय डा. तपेश्वर लाल कर्ण र रकम दिएर शिशु लिने कटहरी गाउँपालिका–२ की ३० वर्षीय सूर्यनारायण राजवंशी रहेका छन्। असार १४ गते अविवाहित युवतीबाट जन्मिएकी शिशु बेपत्ता पारिएको थियो।
Comment