हमासको हमलामा घाइते डाँगीको शल्यक्रिया सफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्यालेस्टिनी राजनीतिक तथा सैन्य समूह हमासको हमलामा परी घाइते भएका दाङको दंगिशरण गाउँपालिका-३, हेकुलीका प्रवीण डाँगीको शल्यक्रिया सफल भएको छ। २३ वर्षीय डाँगीले एक भिडिओ मार्फत आफ्नो शल्यक्रिया सफल भएको बताएका हुन्।

डाँगीले भिडिओ सन्देश आफन्त र घर परिवारसम्म पुर्‍याइदिन पनि आग्रह गरेका छन्। सुदूरपश्चिम विश्वविद्यालयको पहिलो कृषिविज्ञ टोली मार्फत ११ महीनाका लागि उनी गत भदौ २३ गते इजरायल गएका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।