द्रुत बसका लागि छुट्याइएको लेनमा अब अन्य गाडी पनि चल्न पाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको संयोजकत्वमा आइतबार  बसेको बैठकले द्रुत बसका लागि छुट्याइएको अन्य सवारीसाधनका लागि पनि लेन खुला गर्ने निर्णय   गरको छ । 

बसले मात्रै लेन नढाकिएपछि साझा यातायात, स्कुलका बस, एम्बुलेन्स, दमकललगायतका इमर्जेन्सी सवारीसाधनले पनि प्रयोग दिने निर्णय गरिएको हो । द्रुत बस सेवा संविधान दिवसको अवसर पारेर सञ्चालनमा ल्याइएको हो।  रत्नपार्कदेखि सूर्यविनायकसम्म यस्तो सेवा सञ्चालनमा छ। यो सेवा सञ्चालनका लागि रातो रङ पोतेर छुट्टै लेन बनाइएको छ।

सेवालाई ट्राफिक लाइटमा पनि नरोकिने गरी व्यवस्था मिलाइएको छ। यस्तो बस रत्नपार्क र सूर्यविनायकबाट ५/५ मिनेटमा छुट्ने व्यवस्था मिलाइएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।