सिटी एक्सप्रेसको उपहार योजना: ‘विदेशबाट सिटी पठाऔं, दश गुणा बढी पाऔं’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। सिटी एक्सप्रेस मनी ट्रान्सफरले दसैं, तिहार र छठलाई लक्षित गर्दै उपहार योजनाको घोषणा गरेको छ। सिटीले ‘विदेशबाट सिटी पठाऔँ, दश गुणा बढी पाऔँ’ भन्‍ने उपहार योजना ल्याएको हो। 

घोषणा कार्यक्रममा चर्चित हाँस्य कलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर जितु नेपाल पनि उपस्थित थिए। यो योजना ६१ दिनसम्म चल्ने कम्पनीले बताएको छ।

यो उपहार योजना अन्तर्गत लक्की ड्रमार्फत हरेक महिना १ जनाले १ लाख रुपैयाँ, हरेक हप्ता ५ जनाले २५ हजार रुपैयाँ जित्‍ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार ६१ दिन लगातार हरेक दिन १०० जना विजेताले ५०० रुपैयाँको वालेट टपअप र अन्त्यमा एक जना भाग्यशाली ग्राहकले आफूले पठाएको रकमको १० गुणा बढी पाउनेछन्।

यस अफर असोज १५ देखि मंसिर १५ गतेसम्म लागू हुनेछ। यो अवधिभर सिटी एक्सप्रेसमार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन्।

यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिने र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागू नहुने कम्पनीले उल्लेख गरेको छ। यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागू नहुने विज्ञप्तिमा उल्लेख गरिएको छ । 

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १७ वर्ष देखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । सिटी एक्सप्रेसका देशभर छरिएर रहेका २५,००० भन्दा बढी भुक्तानी केन्द्रहरुमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।