गभर्नर र धितोपत्र बोर्ड अध्यक्षबीच भेटवार्ता, १२ करोडको सेयर कर्जा सीमाबारे छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालबीच भेटवार्ता भएको छ । 

भेटवार्तामा सेयर धितो कर्जामा लगाइएको १२ करोडको सीमा, भेञ्चर क्यापिटल तथा प्राइभेट इक्वीटी लगायत समसामयिक विषयमा  छलफल भएको जनाइएको छ ।

अधिकारी र हमाल बीच १२ करोडको सीमा बारे छलफल भए पनि टुंगोमा भने नपुगेको बताइएको छ । सीमा पुनरावलोक गर्न गभर्नर अधिकारी सकारात्मक रहेको बताइएको छ ।

हाल सेयर धितोमा बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिँदा एक व्यक्ति वा संस्थाले बढीमा १२ करोड रुपैयाँसम्म मात्रै पाउने व्यवस्था छ ।

लगानीकर्ताले यस्तो सीमा नै हटाउनु पर्ने माग गर्दै आएका छन् भने अर्थमन्त्रालयले समेत पुनरावलोकन गर्न आग्रह गरेको छ । पछिल्लो समय सेयर बजारमा गिरावट आउनुको मुख्य कारण नै राष्ट्र बैंक रहेको लगानीकर्ताको आरोप छ भने सरकारले समेत पूँजी बजार सुधार्न जोड दिँदै आएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।