अपर लोहोरे खोला हाइड्रोपावरको आइपीओ सूचीकृत,ओपनिङ रेञ्ज कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं ।  अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको आइपिओ नेप्सेमा सुचीकृत भएको छ ।

आइतबार कम्पनीले स्थानीय, सर्वसाधरण र संस्थापकलाई जारी गरेको सेयर नेप्सेमा सूचीकृत गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरको कुल ५० लाख ९८ हजार ४० कित्ता सेयर सूचीकृत गरेको हो।

नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको सेयर सोमबारदेखि दोस्रो बजारमा कारोबारमा आउने छ । यद्यपि, प्रि ओपन सेसनमा कारोबार हुन नसके नियमित कारोबारमा आउने छैन ।

कम्पनीको सेयर कारोबारका लागि नेप्सले न्यूनतम ९७.८७ रुपैयाँदेखि २९३.६१ रुपैयाँँ ओपनिङ्ग रेन्ज तोकेको छ । यही बीचमा रहेर कम्पनीको पहिलो सेयर कारोबार हुनेछ ।

नेप्सेले कम्पनीको सेयर कारोबारका लागि ULHC संकेत चिह्न प्रदान गरेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।