देउवालाई कोइरालाको चेतावनी-‘नसच्चिने भए आफ्नो ढंगले अघि बढ्छु’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई उनको निवास धुम्बाराही पुगेर भेटेका छन्।

मंगलबार बसेको आफ्नो समूहको बैठकबाट सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुने रणनीति बनाएलगत्तै कोइराला धुम्बाराही पुगेका हुन्।

मंगलबार आफू पक्षका केन्द्रीय सदस्यहरूसँग छलफलको म्यान्डेट अनुसार कोइरालाले आज विहान देउवासँग कुरा गर्न उपसभापति धनराज गुरूङ र सह–महामन्त्री जीवन परियारलाई लिएर धुम्बाराही पुगेका थिए।

देउवासँगको भेटका क्रममा शेखरले चौधौँ महाधिवेशनपछि पनि सभापतिको कार्यशैलीमा कुनै परिवर्तन नदेखिएको भन्दै आक्रोश पोखेका छन्।

कोइरालाले देउवासँग भएको आधा घण्टा लामो भेटवार्ताका क्रममा पार्टीको आन्तरिक संरचनादेखि देशको आर्थिक र कूटनीतिक अवस्था पनि ध्वस्त हुने बाटोमा पुगेको कुरा राखेका थिए।

‘यसरी नै चल्ने हो भने आजबाट म तपाईंसँग कुरा गर्दिनँ। जे गर्नुहुन्छ, गर्नुहोस्। म आफ्नो ढंगबाट अघि बढ्छु,’ कोइरालालाई उदृत गर्दै एक नेताले भने।

सभापति देउवाले सबैलाई समेटेर पार्टी अगाडी बढाउँन आफू तयार रहेको बताएका थिए। ‘म सबै मिलाइ हाल्छु’, उनले कोइरालालाई जवाफ दिँदै भनेका थिए, ‘धेरै चिन्ता गर्नुपर्दैन, म मिलाउँछु, हामी पार्टीमा पनि बसेर कुरा गरौँला।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।