काठमाडौंमा तीजको भोलिपल्ट महिलालाई बिदा नहुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं  महानगरपालिकाले भोलि(मंगलबार) ऋषि पञ्चमीको दिनमा महिलाहरूलाई बिदा नहुने जनाएको छ। महानगरपालिकाले एक सूचना जारी गर्दै विदा नभएको जानकारी दिएको हो।

महानगरपालिका आन्तरिक प्रशासन महाशाखा प्रमुख सरिता राईले महानगरपालिकाबाट प्रकाशित २०८० सालको भित्ते पात्रोमा असोज २ गते मंगलबार ऋषि पञ्चमीको दिनमा महिला कर्मचारीहरूलाई बिदा भनी उल्लेख भए पनि उक्त दिन बिदा नभएको जानकारी दिइन्। 

‘काठमाडौं महानगरपालिकाबाट प्रकाशित २०८० सालको भित्ते पात्रोमा मिति २०८० असोज २ गते मंगलवार ऋषि पञ्चमीको दिनमा महिला कर्मचारीहरूलाई बिदा भनी उल्लेख भएको भए तापनि उक्त दिन बिदा नभएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइएको छ,’सूचनामा उल्लेख छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।