असोज ३ गतेदेखि सूर्यविनायक-रत्नपार्क ‘द्रुत बस सेवा’ संचालन हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सूर्यविनायक-रत्नपार्क ‘द्रुत बस सेवा’ संचालनका लागि सडकमा डेडिकेटेड लेन बनाउने कार्य सुरु भएको छ।

काठमाडौं डिभिजन कार्यालयले द्रुत बस सेवा संचालनका लागि सडकमा ‘रेड मार्क’ गर्न थालेको डिभिजन प्रमुख नारायण निहुँरेले बताए।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि द्रुत बस सेवा संचालन गर्न निर्देशन दिएका थिए। त्यसपछि सडक विभाग र यातायात व्यवस्था विभागले कामलाई तिब्रता दिएका थिए।

यातायात व्यवस्था विभागले द्रुत बस सेवाका लागि २५ वटा ठुला बसहरु तयारी अवस्थामा रहेको जनाएको छ। सडक विभागले तीन दिनभित्र रत्नपार्कदेखि सूर्यविनायकसम्म डेडिकेटेड लेन सक्ने गरी काम थालेको जनाएको छ।

विभागले दुई खण्ड बनाएर सडकको रेड मार्क थालेको छ। रत्नपार्कदेखि जडिबुटी, र जडिबुटीदेखि सुर्यविनायकसम्म काम थालिएको हो।

बिहान र साँझ कार्यालय समयमा ‘द्रुत बस सेवा’ संचालन हुनेछ। बिहान ९ बजेदेखि ११ बजेसम्म र साँझ ४ बजेदेखि ६ बजेसम्म बस संचालन हुनेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।