उच्च अंकले घट्यो नेप्से,कारोबार रकम २ अर्ब २ करोडमा सिमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शेयर बजार उच्च अंकले घटेको छ । साताको पहिलो शेयर बजार मापक सूचक (नेप्से) १९.६४ अंकले घटेर १९६४.९१ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २७८ कम्पनीको २ अर्ब २ करोड ८४ लाख ६५ हजार ६१० रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक ओरालो लागेको छ ।

एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शुभम् पावर लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

आज मोलुङ हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ९.२१ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी एनआइसी एशिया बैंकको भएको छ ।

यस कम्पनीको आज २७ करोड ५४ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । लगातार नेप्से परिसूचक लगातार घट्न थालेपछि लगानीकर्तामा निराशा छाएको छ। लगानीकर्ता अन्योलमा देखिएका छन् । साना लगानीकर्ता बजारमा त्यति खुल्ल सकेका छैनन्।

बजार निरन्तर घट्न थालेपछि लगानी नै डुब्ने चिन्तामा उनीहरु रहेको देखिन्छ। लगानीकर्ताले बजारप्रति विश्वस्त हुने आधार नभेट्दा बजार ओरालो गतिमा नै देखिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।