काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि भोलि (बिहीबार) बिहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ गरिँदै छ ।
अन्त्येष्टिअघि शवयात्रा गरिने एमालेले जनाएको छ । शवयात्राको रुट उनको निजी निवास बालुवाटार–शिक्षण अस्पताल, महाराजगञ्ज–नारायणगोपाल चोक–धुम्बाराही–चाबहिल–गौशाला हुँदै पशुपति आर्यघाट रहेको एमाले प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिए ।
शवयात्रामा सहभागी भई अन्तिम श्रद्धाञ्जली अर्पणका लागि आ-आफ्नो अनुकूलतामा निजी सवारी साधन हुनेहरू शङ्खपार्क, धुम्वाराही र सवारी साधन नहुनेहरू गौशाला (वडा प्रहरी कार्यालय अगाडि) पुग्न अनुरोध गरिएको छ ।
Comment